शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन मोर्चा : अपार

दाङ,४ असार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले आज घोषणा भएको मोर्चाले सच्चा कम्युनिष्ट पार्टीलाई एकढिक्का बनाउने बताएका छन् ।

माओवादी केन्द्र बबईले आयोजना गरेको भेटघाट कार्यक्रममा अपारले सच्चा कम्युनिष्ट पार्टीहरुलाई एक ढिक्का बनाई शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन यो मोर्चा तयार गरिएको बताए ।‘सच्चा कम्युनिष्ट पार्टीहरु एक ढिक्का भएर अहिलेको संविधानको रक्षा गर्न सकिन्छ’,उनले भने‘शक्तिशाली राष्ट्रिय कम्युनिष्ट पार्टीको शुरुवाति चरण चारदलको मोर्चा हो ।’


समाजवाद मान्ने कम्युनिष्टहरु एक जुट भएको र अन्य कम्युनिष्ट पार्टीहरु पनि यो अभियानमा जोडिने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेशका कुनै पनि योजनाहरुमा ढिलासुस्ती हुन नदिने बताएका छन् । बजेट पर्नु मात्रै ठूलो कुरा नभई बजेट सहि ढंगले प्रयोग हुनु पनि महत्वपूणर् कुरा रहेको भन्दै प्रदेशले बिनियोजन गरेको बजेटमा गुणस्तर र छिटो काम गराउन तर्फ लाग्ने बताए ।