युथ्स अफ तुलसीपुरद्धारा ज्ञान ज्योति फाउन्डेसनमा १५ दिने तालिमको आयोजना

टेकराज भण्डारी
तुलसीपुर, १९ जेठ ।
युथ्स अफ तुलसीपुरले ज्ञान ज्योति फाउन्डेसनमा १५ दिन तालिमको आयोजना गरेको छ । विद्यार्थीहरूलाई कला, कौशल तालिम दिदा विद्यार्थीको सिपको वृद्धि हुने भएकाले तालिमको आयोजना गरिएको युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)ले जानकारी दिए ।

१९ गते शुक्रबार देखि सुरु भएको तालिम १५ दिन सम्म ज्ञान ज्योति फाउन्डेसनमा सञ्चालन गरिने अध्यक्ष लहरेले जानकारी दिए । त्यस्तै अन्य विभिन्न विद्यालयहरूमा पनि तालिमको आयोजना गरिने भएको छ ।