टरिगाउ एयरपोर्ट विस्तारकालागि प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ : मन्त्री मास्की

तुलसीपुर,२५ वैशाख ।
लुम्बिनी प्रदेशका मन्त्री धनबहादुर मास्कीले टरिगाउँ एयरपोर्ट प्रदेशकै गौरव र इतिहास बोकेको एयरपोर्ट रहेको बताउनुभएको छ । सोही एयरपोर्ट विस्तारकालागि प्रधानमन्त्री र पर्यटन मन्त्रीसंग पनि कुराकानी भइसकेको भन्दै केन्द्रीय सरकारले पनि अहिले चासो दिएको बताउनुभएको छ ।


आगामी बजेटमा एयरपोर्ट विस्तारकालागि बजेट बिनियोजन हुने समेत मन्त्री मास्कीले बताउनुभयो । टरिगाउँ एयरपोर्टमा हाल सीता एयर र नेपाल एयरलाईन्सले उडान भरिरहेका छन् । २०११ सालमा उक्त एयरपोर्ट स्थापना भएको हो । यो बीचमा कहिल्यै खुल्ने र कहिल्यै बन्द हुने क्रम चलिरहेको थियो । निजि क्षेत्रको पहलमा पनि एयरपोर्ट सञ्चालनको पहल भएको थियो ।