बबई क्याम्पस ‘क्यूएए’ प्राप्त गर्ने प्रक्रियामा अघि बढ्यो

तुलसीपुर
२१ भदौ / दाङको तुलसीपुर स्थित राप्ती बबई क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए)प्राप्तीको प्रक्रियामा अघि बढेको छ ।

त्यसकालागि फाईनल भिजिट टिम तुलसीपुर आएको छ । गएको बर्ष पहिलो चरणको अनुगमन गरेको र अहिले अन्तिम चरणको अनुगमनकालागि आफूहरु आएको प्रा.डा. देवराज अधिकारीले बताउनुभयो ।“हामीले गएको बर्ष पहिलो चरणको अनुगमन गरेका छौं”,उहाँले भन्नुभयो“यस पटक दोस्रो चरणमा अनुगमन गर्दैछौं, र केही सुझाब पनि दिन्छौं ।”

अनुगमनमा आएको यो टोलीले मंगलबारदेखि विहीबारसम्म अध्ययन गर्नेछ । प्रा.डा. अधिकारीका अनुसार विद्यालय ब्यबस्थापन समिति, बिभागिय शिक्षक, विद्यार्थीसंग अन्तरक्रिया गर्नुकासाथै भौतिक अबस्थाको पनि अवलोकन गरिनेछ ।


त्यस अवसरमा क्याम्पस प्रमुख युवराज रावतले विद्यालयमा ४ हजार विद्यार्थीलाई भर्ना गर्ने लक्ष्य लिएको बताए । त्यस अवसरमा भिजिट टिमलाई मंगलबार स्वागत गरिएको हो । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष विष्णु कुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले यस क्षेत्रको क्याम्पसलाई स्तरबृद्धि गर्नकालागि पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको सहजीकरण क्यूएए फोकल पर्सन यामनाथ पौडेलले गरेका थिए ।