लुम्बिनीमा कुन दलको कति मत ?

बुटवल, १५ मंसिर ।
मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फ पनि लुम्बिनी प्रदेशमा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएर पहिलो दल बनेको छ । ३२ दलले प्रदेश सभा निर्वाचनमा भाग लिएकामा नेकपा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ ।

१८ लाख ८७ हजार ७८ मत सदर भएकोमा नेपाली कांग्रेसले ४ लाख ९९ हजार ९सय ८६ मत पाएर दोस्रो बनेको छ । कांग्रेस भन्दा एमालेले ७० हजार ९ सय ३५ मत बढी पाएर पहिलो दल बन्दा नेकपा माओवादी केन्द्रले १ लाख ९८ हजार ४सय ५० मत पाएर तेस्रो दल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बन्दा नागरिक उन्मुक्ति पार्टी १ लाख २५ हजार ५५१ मत सहित पांचौं ठूलो दल बनेको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैठौं दल बन्दा जनता समाजवादी पार्टीले ६० हजार ८८६ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले ४२ हजार ६२१ मत,लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६३१ मत,राष्ट्रिय जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन् । २०७४ को निर्वाचनमा एक सिट जितेको राष्ट्रिय जनमोर्चा र एमाले विभाजनपछि एक जना प्रदेश सांसदले पार्टी रोजेको नेकपा एकीकृत समाजवादीले प्रदेशमा सिट पाउने नपाउने यकिन भइसकेको छैन ।


यस्तै हाम्र्रो नेपाली पार्टीले २७७०४,राष्ट्रिय जनमुक्ति पार्टीले १७८६७,हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५१०९,मंगोल नेशनल अर्गनाइजेसनले ११८६७,नेकपा मालेले ६४४५,नेपाल जनता पार्टीले ५२२२,वहुजन शक्ति पार्टीले ४०४६,राप्रपा नेपालले ३३४९,नेपाल सुशासन पार्टीले २७९१,नेपाल संघीय समाजवादी पार्टीले १९१२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीले १६५९,नेपालका लागि नेपाली पार्टीले १६०७,नेपाली जनता दलले १४१९,नेपाली कांग्रेस बीपीले १२८८,जनसमाजवादी पार्टीले १२१४,नेपाल लोकतान्त्रिक पार्टीले १२०७,नेपाल दलित पार्टीले १०१४,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९७३,मौलिक जरोकिलो पार्टीले ९२८, विवेकशील साझा पार्टीले ७९१,नेकपा माओवादी समाजवादीले ४८९ र नेश्नलिस्ट पिुलस पार्टीले ४५७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । प्रदेशको प्रतयक्षतर्फपनि १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको थियो । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा,जसपा,लोसपा र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।