पश्चिम दाङका सबै खोलामा पुल हाल्ने हामी हौंः दिपक गिरी

तुलसीपुर, १ कात्तिक ।
बाम लोकतान्त्रिक गठबन्धन दाङ क्षेत्र नं. ३ का उम्मेदवार दिपक गिरीले पश्चिम दाङका सबै खोलाहरुमा आफूले पुल हालेको बताएका छन् । दाङ शान्तिनगर गाउँपालिका वडा नं. १ मा भएको चुनाबी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताए ।

उनले पश्चिम दाङको पातुखोला, मैयाखोला, ग्वारखोला, बागरखोला, थप गाउँ, एकली, बैबाङ, पञ्चकुलेलगायतका खोलाहरुमा आफ्नै पहलमा पुल निमार्ण गरेको बताए । ‘म सांसद हुँदा यी खेलाहरुमा पुल बनेका हुन्’,उनले भने ‘अहिले पुल बनेपछि यस क्षेत्रका नागरिकलाई निकै सहज बनेको छ ।’


त्यस्तै अब पश्चिम दाङका तीन वटा मुख्य सडकलाई कालोपत्रे गर्ने तथा गाउँ–गाउँका सडकको स्तरबृद्धि गर्ने प्रतिबद्धता जनाए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा आफू सिंचाई मन्त्री भएको र त्यही बेला दाङमा बृहत दाङ उपत्यका सिंचाई आयोजाको कार्यालय खोलेको बताए । त्यो कार्यालय खोलेपछि अहिले दाङमा सिंचाई सुविधा पु¥याउने काम अघि बढेको बताए ।