दाङ २ बाट प्रतिनिधिसभामा एमाले महासचिव पोखरेल एकल उम्मेदवार सिफारिस

दाङ, १९ भदौ ।
एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस भएका छन् ।


आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिएका छन् । पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा स्थायी राजधानी दाङ तोकेका थिए ।