प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका विरामीको उपचार

तुलसीपुर
२२ पुस / दाङको विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका विरामीकालागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.महेश कुमार खनालका अनुसार पुसदेखि मधुमेहका विरामीरुलाई निःशुल्क रुपमा रगत परीक्षण गर्नुकासाथै मृगौला, मुटु र बाेसाेकाे समेतजाँच भइरहेको छ ।

जसमध्ये अहिलेसम्म एकसय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा. खनालले बताउनुभयो । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडिबुटी औषधी तथा परामर्स समेत प्रदान गर्ने गरिएको उहाँको भनाई छ । करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा. खनालले बताउनुभयो । अस्पतालमा दैनिक विहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुँदै आएको उहाँको भनाई छ ।


अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर,पारालााईसिस, जोर्नी दुखेका विरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ । विरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनकालागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याईने उहाँले बताउनुभयो । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासो समेत बढेको छ ।