सम्राट सिमेन्ट कम्पनीको डिजल भण्डारणमा आगलागी

दाङ, १८ कात्तिक । लमही नगरपालिका -७ स्थित सम्राट सिमेन्ट कम्पनीको डिजल भण्डारणमा आगलागी भएको छ ।

आइतबार बिहान सवा सात बजेको समयमा एक्कासि आगलागी भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।


आगलागीबाट तेल भण्डारणमा क्षती पुगेको छ भने आगोलाई लमही नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार २४ हजार लिटर फर्निस आयल नष्ट भएको छ भने दुई वटा ट्यांकीमा पनि क्षति पुगेकाे छ ।