लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारीत

दीपक बोहरा
दाङ, २२ जेठ ।
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारीत भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम पारीत गरेको हो ।

मुख्यमन्त्री जोखबहादुर महराले पारीत गरियोस्, भन्ने प्रस्ताबमा बहुमत सांसदहरुले समर्थन गरेपछि नीति तथा कार्यक्रम पारीत भएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार संसदमा नीति तथा कार्यक्रम प्रस्तत गरेका थिए ।


जसमा मंगलबार प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमका विषयमा प्रश्न उठाएपछि मुख्यमन्त्री महराले जवाफ दिएका थिए। त्यस अवसरमा मुख्यमन्त्री महराले आगामी आर्थिक बर्षको बजेट चैत भित्र सक्ने गरि तयारी गरिरहेको बताए ।

साथै उनले नयाँ योजना थपिरहने र पुरानालाई क्रमागतमा राखिरहने हुँदा दुबै योजनाहरु पूरा नहुँने हुँदा आगामी बर्ष त्यसमा ध्यान दिने बताए ।