तुलसीपुर,१३ चैत । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले मुक्तकम्लरीहरु आत्म निर्भर बन्नुपर्ने बताएका छन् ।तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा बेमौसमी तरकारी खेति तालिमको उद्घाटन गर्दै सांसद मास्कीले लामो संघर्षपछि कम्लरी मुक्तीको आन्दोलन सफल भएको भन्दै अब आत्मनिर्भरता तर्फ लाग्नु पर्ने बताए । उनले कम्लरीहरु उत्पादनमा जोडिएमा आत्मनिर्भर बन्न सक्ने समेत बताए ।
साथै उनले अव प्रत्येक घर–घरमा अर्गानिक खेति हुन आवश्यक भएको समेत बताए । अब रासायनिक मल र विषादी प्रयोग गर्ने नभई अर्गानिक तिर लाग्नु पर्ने बताए । तुलसीपुर उपमहानगर पालिका वडा नं १८ का वडाध्यक्ष माधव वलीले स्वास्थ्य हुनका लागि अर्गानिक खेतिमा जोडिनुपर्ने बताए ।
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा किसानलाई तालिम दिन लागिएको हो । उक्त तालिममा गन्यारी कृषि सहकारीलाई कुखुरा पालनका लागि रु १ लाख २६ हजार रुपैया वारावरको चेक संस्थाका अध्यक्ष लक्ष्मी चौधरीलाई पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष र प्रमुख अतिथिले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको थियो ।
पछिल्लो समय आधुनिक खेतीमा अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग हुने भएकाले माटोको उर्वराशक्ति कम हुँदै गएको र प्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा परेको हुँदा जिल्लालाई अबको १० वर्ष भित्र अर्गानिक उपत्यका बनाउने उद्देश्यले जिल्लाका १० स्थानीय तहमा किसानलाई तालिम दिँदै आइरहेको केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।
कार्यक्रममा मुक्त कम्लहरी विकास मञ्चका केन्द्रिय सदस्य रुक्मणी चौधरीले कार्यक्रमको महत्व रहेको बताइन । गन्यारी कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका कार्यक्रम अधिकृत साधाना शर्माले गरेकी थिइन ।
प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत शंकर न्यौपाने रहेका छ्न । तालिममा तुलसीपुर उपमहानगरपालिका भित्रका ३० जना कृषकहरूको सहभागिता रहेको छ । तालिम चैत्र १३ र १४ गते २ दिन सम्म हुनेछ ।
साथै सांसद मास्की शान्तिनगर गाउँपालिका वडा नं.२ अमुवा स्थित रेवती वलीको १३ औं दिनको पुण्थ तिथिमा जन्म पछि सबैको मृत्यु हुने भन्दै समाजमा सकारात्मका छाप छोड्नु पर्ने बताए ।
साथै शान्तिनगर २ स्थित जनकल्यान मावि सिमसुन्दरको नवनिर्मित भवन र टायर, मार्बल विछ्याउने कार्यको अवलोकन समेत गरेका थिए । मन्त्री मास्कीले बजेट बिनियोजन गरेपछि सोही विद्यालयमा भवन र टायल, मार्वल बिछ्याउने कार्य भएको छ ।
लाइभदाङ । १३ चैत्र २०८०, मंगलवार २१:०० बजे