लुम्बिनी प्रदेशसभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

तुलसीपुर, १९ फागुन । लुम्बिनी प्रदेशसभालाई आज(शनिबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।

दिउसो २ बजे सम्बोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले बताउनुभयो । शुक्रबार देखि लुम्बिनी प्रदेशसभाको हिउदे अधिवेशन सुरु भएको हो ।


साथै प्रदेशसभा भवनमा सम्बोधन पछि प्रचण्डले जिल्ला स्थित पार्टीका दाङ जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ । राप्ती गाउँपालिकाको हलमा दिउसो ३ बजे कार्यक्रम तय गरिएको छ ।