अक्षर सुधार कार्यशाला सम्पन्न

तुलसीपुर, २० माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आयोजनामा सतप्रतिशत अक्षर सुधार कार्यशाला आज सम्पन्न भएको छ। वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहको प्रमुख आतिथ्यता तथा वडा सचिव संजय गुप्ताको अध्यक्षतामा ३ विद्यालयको अक्षर सुधार कार्यशाला सम्पन्न भएको हो।

कार्यक्रममा श्री ज्ञान ज्योति आधाभुत विद्यालयका प्र.अ. मेघराज घिमिरे, श्री जनश्रमीक प्रावि कि प्र.अ. शुशिला भट्टराई, फैजाने मुस्तफा कि प्र.अ. पुष्पा घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर बि क, सदस्य निर्मल परियार, विद्यालयका शिक्षक/शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

डिभाइन इन्स्टिच्युटका प्रमुख प्रशिक्षक रहेका हिमाल डाँगीले अक्षर सुन्दर र आकर्षक व्यक्तित्व निर्माण गर्ने आधारभुत कुरा भएकाले यस्ता कार्यक्रम गर्न सके विद्यालयको शैक्षिक सुधारमा महत्वपुर्ण भुमिका रहने बताउनु भयो। प्रमुख अतिथि बिरेन्द्र शाहले परिक्षा प्रणाली, मुल्यांकनको माध्यम नै हस्तलेखित हुने भएकाले यसलाई सुन्दर , नियमबद्द गरि शिक्षक विद्यार्थी सबैले गर्नु पर्ने बताउनु भयो ।


अक्षर लेखन कला हो यसलाई नियमित अभ्यास र शिक्षकको निगरानी हुन सके सबै विद्यार्थीमा एउटै लिपि बन्न सक्ने र विद्यार्थीलाई आत्मबिश्वासी, सृजनशिल र धैर्यवान बनाउन नियमित र सुन्दर लेखन प्रस्तुतिले सहयोग पुर्याउने बताउनु भयो।वि.ब्य.स अध्यक्ष हरि बहादुर बि क ले विद्यालयमा यस्ता कार्यक्रमले निरन्तरता पाउने हो भने, सुन्दर अक्षर, अनुशाशन, संस्कार समेतमा सकारात्मक प्रभाब पार्ने बताउनु भयो।

शिक्षक प्रतिनिधिबाट प्र.अ. शुशिला भट्टराइले पछिल्लो समय विद्यार्थीमा लेख्ने पढ्ने बानिमा ह्रास आएकाले अक्षर सुधार र मनोपरामर्श कार्यक्रमले सकारात्मक परिणाम देखिएको बताउनु भयो । कार्यक्रमको निरन्तरतामा हामि लाग्छौ विद्यार्थीमा राम्रो सुधार छ यसले शैक्षिक सुधारमा ठुलो योगदान पुर्याउने बिश्वास व्यक्त गर्नु भयो। कार्यक्रम संचालक तथा प्र.अ. मेघराज घिमिरेले अक्षर अनुहार र लत्ता कपडा जस्तै हो सुरुमा देखिने कुरा भएकाले यो सुन्दर र नियममा लेख्न आवश्यक भएको बताउनु भयो।

कार्यक्रममा अध्यक्ष तथा वडा नम्बर ५ का सचिव संजय गुप्ताले यस्ता सकारात्मक शैक्षिक सुधारका कार्यक्रममा वडाबाट सहयोग हुने प्रतिबद्द्ता व्यक्त गर्नु भएको थियो।