दलित संघ लुम्बिनी प्रदेश प्रवक्तामा खेमराज सेन्चुरी

दाङ, २७ माघ ।
नेपाल दलित संघ लुम्बिनी प्रदेशको बैठक जिल्ला पार्टी कार्यालय दाङमा सम्पन्न भएको छ। संघका अध्यक्ष जोगेन्द्र बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले प्रवक्तामा संघका सहसचिव खेमराज बिक (सेन्चुरी) लाई मनोनीत गरेको छ।

संगठनलाई पुर्णता दिन प्रतिनिधित्व हुन नसकेका जिल्लाहरूबाट सदस्यहरु मनोनीत गर्ने, नियमित बैठक बस्ने, प्रदेश कार्यालय खोल्ने र लुम्बिनी प्रदेश भित्रका प्रदेश तथा संघीय सांसदहरुलाइ बधाई तथा सम्मान कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ।


बैठकमा उपस्थित बहुमत कार्यसमिति सदस्यहरुबाट नै निर्णय पारित गरिएको छ। बैठक संचालन सचिव मोहन प्रसाद सुनारले गर्नु भएको थियो।