दाङ–१ : मेटमणीको सुरुवाती अग्रता

दाङ, ५ मङ्सिर । दाङ क्षेत्र नं. १ को प्रतिनिधिसभामा गठबन्धनका मेटमणी चौधरीले सुरुवाती अग्रता लिएका छन् । चारसय मत गन्दा एकीकृत समाजवादीका चौधरीले १६१ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले १०५ मत ल्याएकी छन् ।

उनीहरुबीचको मतान्तर ५६ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ७३ मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए ।


क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७ सय ३३ मतदाता मध्ये ८० हजार ७ सय मतदान भएको छ । क्षेत्र नं. १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।