बबई क्याम्पसलाई ‘क्यूएए’ प्रदानकालागि मूल्यांकन

दाङ
२३ भदौ/ पश्चिम दाङको गौरबका रुपमा रहेको राप्ती बबई क्याम्पस तुलसीपुरलाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रदानकालागि टोलीले अनुगमन गरेको छ । टोलीले मंगलबारदेखि विहीबारसम्म अनुगमन गरेको हो । प्रा.डा. देवराज अघिकारीसहितको टोलीले अनुगमन पछि केही सुझाब दिएको छ ।

ति सुझाबहरुलाई क्याम्पस ब्यबस्थापन समिति तथा प्रशासनले जति छिटो जवाफ पठाउछ, त्यही अनुसार क्यूएए प्रदानको काम अघि बढ्ने प्रा.डा. अधिकारीले बताए । उनका अनुसार आफूहरुले काउसन्सिलमा सिफारिश गर्ने र काउन्सिलले अयोगलाई पठाएपछि आयोगले त्यसको निर्णय गर्नेछ ।“हामीले एक बर्ष अघि पहिलो चरणको अनुगमन गरेका थियौ, त्यतिबेला धेरै सुझाबहरु दिएका थियौं”,उनले भने “अहिले आउदा ति धेरै कुरा सुधार भएका छन्, केही सुधार गर्नुपर्नेकुराहरुलाई हामीले सुधारकालागि सुझाब दिएका छौं, त्यही अनुसार क्याम्पसले सुधार गरेर पठाएमा आयोगले क्यूएए प्रदान गर्नेछ ।’


टोलीले क्याम्पस ब्यबस्थापन समिति, बिभागिय शिक्षक, विद्यार्थीसंगसंग अन्तरक्रिया गर्नुकासाथै भौतिक अबस्थाको पनि अवलोकन गरेको थियो । क्यूएए प्राप्तीकालागि नीति बनाएको र कार्यनीतिमा लैजानु कुरामा पनि क्याम्पसले खेलेको भूमिका सकारात्मक रहेको अधिकारीले बता । उनका अनुसार क्यूएए प्राप्त क्याम्पसको विश्वव्यापी महत्व पनि रहेको छ । क्यूएए प्राप्त भएपछि विश्व विद्यालय अनुदान पनि बढि दिने गरेको बताए । नियमित अनुदानमा पनि थप गरेर प्रत्येक विद्यार्थी उतिर्ण बराबर ३५ हजार रुपैया दिइने उनको भनाई थियो ।

उक्त अवसरमा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष विष्णु कुमार देवकोटाले चार भागमा विभाजन गरेर सुझाव दिएको र त्यसलाई चाँडै आफूहरुले अनुगमन टोलीले दिएको सुझाबलाई ‘रेस्पोन्स’ गर्ने बताए । टोलीले क्याम्पसमा किताबी ज्ञान मात्रै नभई अनुसन्धानलाई जोड दिन पनि सुझाब दिर्ईएको थियो । त्यस्तै विद्यालयलाई प्रविधिमैत्री बनाउन सुझाब पनि दिईएको थियो । क्याम्पसले क्यूएए प्राप्त गरेमा अझ चुनौति थपिने बताउँदै देवकोटाले आफुहरु निरन्तर गुण्स्तर शिक्षामा लाग्ने समेत प्रतिबद्धता जनाए। राप्ती बबई क्याम्पस पश्चिम दाङको पुरानो सामुदायिक क्याम्पस हो ।