तुलसीपुरमा ७ गतेदेखि भर्ना, १५ गतेदेखि पढाई

तुलसीपुर, २ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले यही बैशाख ७ गतेदेखि भर्ना अभियान सुरु गर्ने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको शिक्षा क्षेत्रका बिभिनन संघसंगठनसहितको बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैशाख १५ गतेसम्म कक्षा सञ्चालन गर्ने समेत निर्णय भएको छ । पालिका भित्रका निजि तथा सरकारी सबै विद्यालयले यही अनुसार निर्णय लागु गर्नेछन् ।


यद्यपी संघीय सरकारले बैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र बैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने गरि निर्णय गरेको छ ।

तर, स्थानीय तहहरुले त्यो निर्णय कार्यान्वयन गर्दा शैक्षिक कार्यक्रम प्रभाबित हुने भन्दै भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरिरहेका छन् ।