छुवाछुत तथा  लैंगिक हिंसा न्यूनिकर सम्बन्धि कानुनी सचेतना

तुलसीपुर,३ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ मा जातिय छुवाछुट तथा लैंगिक  हिंसा  न्यूनिकरण सम्बन्धि कानुनी सचेतना तालिम भएको छ । दलित कल्याण संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमामा उक्त  तालिम भएको हो । चार दिनसम्म चलेको तालिमको विहीबार सकिएको हो ।

सस्थाका जिल्ला सचिब सन्तोष चनाराको अध्यक्षता तथा वडाध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्य एवं वडासचिव सस्थाका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक मोतीलाल नेपालीको बिशिष्ट आतिथ्यमा  भएको हो ।
कार्यक्रममा निबर्तमान कार्यपालिका सदस्य जानका रेग्मी,चित्रा मल्ल,लक्ष्मी घमाल र सहभागीको तर्फबाट मधुसूदन चौधरी र कल्पना चन्दले आफूले सिकेको सिपलाइ व्यबहारमा उतार्ने बताएका थिए । सहभागिहरुले कार्यक्रम समय सान्दर्भिक र ब्यबहारिक भएको बताएका थिए । तालीममा दलित ,जनजाति,ब्राह्मण,क्षेत्री गरि ३५ जनाको सहभागिता रहेको प्रशिक्षक मोतीलाल नेपालीले गरेका थिए ।  कार्यक्रमको सहजीकरण  छबि परियारले गरेका थिए ।