आज शनिबार तपाईको राशिफल

मिति २०८२ भदौ ७ गते ।
मेष : आज आत्मबल र आत्मविश्वास बढ्नेछ। रोकिएका कार्य बन्ने सम्भावना छ। सामाजिक सम्मान र पद प्रतिष्ठा प्राप्त हुने योग छ। व्यापार र आर्थिक पक्षमा लाभ हुनेछ। दाम्पत्य र पारिवारिक आत्मीयता पनि बढ्नेछ।
वृष : आज खर्च बढ्ने संकेत छन्। स्वास्थ्यप्रति सचेत रहनुहोस्। मानसिक चञ्चलता आउन सक्छ, तर धैर्यले परिस्थिति अनुकूल बनाउन सक्नुहुन्छ। मित्र वा आफन्तबाट सहयोग पाइनेछ।
मिथुन : भाग्यबल प्रबल हुने दिन हो। नयाँ अवसर प्राप्त हुनेछ। पारिवारिक वातावरणमा खुसी छाउनेछ। सम्मान र प्रतिष्ठा बढ्ने योग। प्रेम र सम्बन्धमा पनि मिठास आउँछ।
कर्कट : आर्थिक लाभका राम्रो योग छन्। लक्ष्मी–नारायण योगको प्रभावले धन प्राप्ति र पारिवारिक सुख बढ्नेछ। नयाँ लगानी वा योजना लाभदायी हुनेछ। महिला वा मित्रको सहयोग उपयोगी रहनेछ।
सिंह : त्रिग्रह योगको प्रभावले आजको दिन अत्यन्त प्रभावशाली बन्नेछ। मान–सम्मान र नेतृत्व क्षमता बढ्नेछ। महत्वाकांक्षी योजना अघि बढाउन सकिनेछ। अहंकार नियन्त्रणमा राख्दा लाभ हुनेछ।
कन्या : आज खर्चीला कार्य गर्नुपर्ने हुन सक्छ। मानसिक तनाव आउन सक्छ, तर संयम र समझदारीले काम बन्नेछ। नयाँ सिकाइ वा आध्यात्मिक कार्यमा आकर्षण बढ्ने सम्भावना।
तुला : आनन्द र उत्साहको वातावरण रहनेछ। पारिवारिक मेलमिलाप र मित्रताको समय हुनेछ। व्यापार र साझेदारीमा लाभ प्राप्त हुनेछ। प्रेम सम्बन्ध बलियो बन्छ।
वृश्चिक : रुकेको काम अघि बढ्नेछ। आर्थिक लाभ र नयाँ स्रोत खुल्ने संकेत छन्। पारिवारिक आत्मीयता बढ्नेछ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ, ध्यान दिनुहोस्।
धनु : भाग्यबलको साथ पाइनेछ। धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ। यात्राबाट लाभ हुने सम्भावना छ। मानसिक प्रसन्नता र नयाँ अवसर प्राप्त हुनेछ।
मकर : लक्ष्यमा सफलता मिल्नेछ। आर्थिक स्थिरता र कार्यक्षेत्रमा प्रगति हुनेछ। पारिवारिक सम्बन्ध बलियो हुनेछ। निर्णय गर्दा सजग रहनु आवश्यक छ।
कुम्भ : कर्म क्षेत्रमा सफलता प्राप्त हुनेछ। श्रमको उचित फल पाइनेछ। सामाजिक सम्मान बढ्ने योग। क्रोध नियन्त्रणमा राख्दा अझ राम्रो हुनेछ।
मीन : व्यापारिक लाभको राम्रो समय। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्य सामान्य रहनेछ ।


माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799