तुलसीपुर खानेपानीमा दोस्रो कार्यकालका लागि यमकान्त भण्डारी निर्वाचित

तुलसीपुर, ४ चैत ।
तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा दोस्रो कार्यकालका लागि यमकान्त भण्डारी निर्वाचित भएका छन् । अबका तीन वर्ष दोस्रो कार्यकालका लागि खानेपानीको नेतृत्वमा भण्डारी रहने छन् । नौ जना पदाधिकारी मध्य एक जना बाहेक सबै पदहरुमा काँग्रेस उम्मेदवार निर्वाचित भएका हुन ।

सोमबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार भण्डारीले दुई हजार नौं सय ६९ मत प्राप्त गरि बिजयी भएका हुन । भण्डारी यसअघि पनि खानेपानीको अध्यक्ष थिए ।

निर्वाचन समितिका संयोजक प्रदीपकुमार धितालका अनुसार २९६९ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले २३८१ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित भण्डारी निकटतम प्रतिष्पर्धी शर्मा भन्दा ५८८ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन ।

खानेपानीको नेतृत्व चुन्न शनिबार भएको निर्वाचनको अन्तिम सार्वजनिक मत परिणाम अनुसार प्रतिष्पर्धी मध्य नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले १२१३ मत प्राप्त गरे । लामिछाने प्राप्त गरेको मत अध्यक्षमा निर्वाचित भण्डारी भन्दा १७५६ले कम हो । लामिछाने शर्मा भन्दा ११६८ मत कम प्राप्त गरे ।

उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्मा निर्वाचित भएका छन् । २७०६ मत प्राप्त गरि शर्मा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसीले १९०३ र अर्का प्रतिपर्धी माओबादीका दुर्गाप्रशाद भण्डारीले १४२० मत प्राप्त गरे । काँग्रेसका शर्माले राप्रपाका केसी भन्दा ८०३ र माओबादीका भण्डारी भन्दा १२८६ मत बढी मत प्राप्त गरि निर्वाचित भएका हुन ।

सचिव पदमा भने नेकपा एमालेका भुवन भुसाल निर्वाचित भए । भुसालले २४५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले २४१३ मत प्राप्त गरे । यी दुई बीचको मतान्तरण ३८ छ ।


मतगणनाको सुरुमा परिणाम सार्वजनिक हुँदा भुसालको अग्रता थियो । त्यसपछि भने काँग्रेसका शर्माले अग्रता लिएका थिए ।

यी दुई बीचको रोचक प्रतिष्र्धाका बीच अन्तिममा भुसाल झिनो मतान्तरले निर्वाचित भएका हुन । सचिव पदका अर्का उम्ेमदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले १०९५ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै भोलाप्रशाद थापा बिजयी भए । थापाले निर्वाचनमै सबैभन्दा लोकप्रिय मत प्राप्त गरे । थापा ३२६८ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

कोषाध्यक्ष पदमा एमालेकी सुशिला न्यौंपानेले १४२३ र माओबादीका कर्णबहादुर वलीले १२०६ मत प्राप्त गरे । थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १८४५ र माओबादीका वली भन्दा २०६२ बढी मत प्राप्त गर्न सफल भए ।

सदस्य तर्फका पाँचै सिट नेपाली काँग्रेसका उम्मेदवारले जितेका छन् । खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसकै प्रमोदकुमार योगी ९शरद० २५०७ र बुद्धिराम चौधरी २१२० मत प्राप्त गरि निर्वाचित भए । अन्य दलका उम्मेदवारहरुले आधा कम मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ सुष्मा अधिकारी २४५९ , लुमा बुढा मगर २३८५ र शारदी सार्कीले २१४८ मत प्राप्त गरि निर्वाचित भए । शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार १ सय ८२ मत खसेको थियो । निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए ।