
तुलसीपुर, ३० भदौ ।
दाङको तुलसीपुर स्थित नगर विकास समिति पनि जलेर पूर्ण रुपमा क्षति भएको छ । नगर विकास समितिका प्रमुख लिला शिवाकोटीका अनुसार दुई वटा कुसी बाहेक केही पनि नबचेको बताए ।
कार्यालय र क्वाटरका सबै सामग्री जलेको उनको भनाई छ ।“मेरो जागिर जीवन ३८ बर्ष यही नगर विकासमा वित्यो”,उनले भने“यो बीचमा मैले कमाएको सबै सम्पति यही क्वाटरमा राखेको थिएँ, सबै जलेर नष्ट भयो ।” लसुन प्याजदेखि तरकारी काट्ने चक्कु समेत हराएको तथा केही सामान जलेको उनले बताए । कार्यालयका डकुमेन्ट पनि केही सुरक्षित नभएको उनको भनाई छ ।



लाइभदाङ । ३० भाद्र २०८२, सोमबार २०:३७ बजे